समाचारबिहीबार, मंसिर ३, २०७२
फिल्म साउथ एशियामा आज ८ वटा वृत्तचित्र–चलचित्र
दक्षिणएशियाकै सबैभन्दा ठूलो वृत्तचित्र महोत्सव फिल्म साउथ एशिया आज ३ मंसीरदेखि पाटनढोकास्थित यलमाया केन्द्रमा शुरु हुँदैछ।
महोत्सवको औपचारिक उद्घाटन अपराह्न ४ बजे हुने भए पनि आज विहानैदेखि वृत्तचित्रको प्रदर्शन यलमाया केन्द्रमा शुरु भइसकेको छ ।
आज स्कूलरक्याम्पसका विद्यार्थीका लागि ‘स्टुडेन्ट फिल्म’ विधा अन्तर्गत ८ वटा चलचित्र प्रदर्शन हुनेछन् ।
विहान १०:०० बजे
आइ क्यान्ट बी म्याड एट अल्लाह, निर्देशक मुहम्मद फैसल के (भारत/म्यानमार)
अन्टी गंगा, निर्देशकः अस्मिता शिरिष (लन्दन/नेपाल)
१०ः४५ बजे
साउट अफ द सिटी, निर्देशक इमरान आलम, मोहम्मद अहमद उस्मानी, प्रेरणा शर्मा, शाहिद फारुख, उस्मान सिद्दकी (भारत)
११ः३० बजे
ब्लरिङ लाइन्स, निर्देशकः रामशा आलम (भारत)
१२ः२० बजे
मदरसा, निर्देशकः मुस्तकिम खान (भारत)
१ः१० बजे
टायर्स, निर्देशकः क्या म्यो लिन (म्यानमार)
२ः०० बजे
सागर मानव, निर्देशकः तनुमोय बोस (भारत)
२ः४५ बजे
गोभान्डि क्राइम और क्यामरा, निर्देशकः दिप्ती मुरली, प्रतिक शेखर, शुभ्र दीक्षित, स्मिता वान्नियार, वैभव सोर्ते (भारत)
अपराह्न ४ः४५ बजे उद्घाटन सँगै रम्यता लिम्बु र एमी बेन्सनको ‘ड्रइङ वीथ टाइगर’ को प्रदर्शन हुनेछ ।
सबै वृत्तचित्र–चलचित्रहरु पाटनढोकास्थित यलमाया केन्द्रमा प्रदर्शन हुनेछन् ।