समाचारबिहीबार, मंसिर ३, २०७२

मधेशी मोर्चा निर्णयः विराटनगर नाकाबाट मात्र औषधि ल्याउन दिने, स्कुल–क्याम्पस विहान खोल्न दिने, नाकाबन्दीसँगै आन्दोलन चर्काउने

हिमालखबर

morchaसंयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको काठमाडौंमा बसेको बैठकले भारतबाट आयात हुने औषधि विराटनगर नाकाबाट मात्र ल्याउन दिने निर्णय गरेको छ ।

बैठकले मानवताका नाताले भन्दै बिराटनगर नाकाबाट दिनको समयमा मात्रै औषधि, अक्सिजन र स्वास्थ्यसम्बन्धी उपकरणहरु ल्याउन दिने निर्णय गरेको छ ।

त्यसैगरी तराईमा बन्द विद्यालय र क्याम्पसहरु विहानको समयमा पठनपाठन गर्ने गरी सञ्चालन गर्न दिने पनि बैठकले निर्णय गरेको छ ।

सिंहदरबारमा ३ मंसीरमा बसेको मोर्चाको बैठकले मधेश आन्दोलनका मुद्दा सम्बोधन गर्न नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी गम्भीर नभएको आरोप लगाउँदै चालू आन्दोलनलाई अझ सशक्त बनाउने पनि निर्णय गरेको छ ।

उसले आन्दोलनलाई सशक्त बनाउन सीमानाका साथै राजमार्ग, यातायात, बजार, कलकरखाना अवरुद्ध गर्ने कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मोर्चाका नेता उपेन्द्र यादवले प्रमुख दलहरुले मोर्चाका मागप्रति अझै पनि गम्भीर नभएको आरोप लगाए ।

उनले प्रक्रियागत हिसाबले अहिलेसम्म आफ्ना मागहरुको सम्बोधन हुने गरी कुनै ठोस प्रस्ताव आउन नसकेको बताए ।

संसदीय समिति वा राजनीतिक समिति बनाएर मोर्चाका मागहरु सम्बोधन गर्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावबारे प्रतिक्रिया दिंदै यादवले भने, “संसदीय समति, अर्को समिति के बनाउने त्यो उहाँहरुको कुरा हो, समिति बनाउनुस, अरुसँग छलफल गर्नुस जसरी भए पनि हाम्रो माग सम्बोधन हुनुपर्छ ।”

उनले दाहालले प्रस्ताव गरेको समितिमा आफूहरुको संलग्नता नरहने स्पष्ट पारे ।

“हामीले ११ बुँदे माग पत्र बुझाइसकेका छौ,ं त्यसबारे सरकार, राज्यपक्षले आफ्नो स्पष्ट धारणा बनाएर आउनु प¥यो । त्यो धारणा बनाउन समिति बनाउने वा के गर्ने त्यो काम उहाँहरुको हो ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>