समाचारबिहीबार, मंसिर ३, २०७२

राप्रपाका नेताबीच एकता

हिमालखबर

Raprapaराष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणा र नेता लोकेन्द्रबहादुर चन्द समूहबीच आज एकता भएको छ ।

कार्यकर्ताको दबाब, एकता महाधिवेशनको भावना एवम् समझदारीलाई स्वीकार्दै अब रहेको अध्यक्ष पदको पदावधिलाई तीन भागमा बराबरी बाँडेर पहिलोमा चन्द, दोस्रोमा राणा र तेस्रोमा डा प्रकाशचन्द्र लोहनीले अध्यक्षता ग्रहण गर्ने सहमतिका साथ एकता भएको हो ।

३ मंसीरमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दुवै नेताहरुले केन्द्रीयस्तरमा भएको टुटफुटले पार्टी तथा कार्यकर्ताको अस्तित्वमा सङ्कट आएकाले पार्टी एकताको खाँचो भएकोमा जोड दिए ।

“अहिलेसम्म हामी एक अर्कालाई तल पार्ने खेलमा छौँ, जो जिते पनि, हारे पनि पार्टी, कार्यकर्ता हार्छन् त्यसैले अब यो खेल रोक्नुपर्छ, ” नेता चन्दले भने ।

पार्टीका अध्यक्ष राणाले यथाशीघ्र बैठक बोलाई आफूले राजीनामा दिएर सहमति भएअनुसार नेता चन्दलाई अध्यक्षता हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

एकतासँगै चन्दले अध्यक्षता दाबी गर्दै निर्वाचन आयोगमा दिएको उजुरी फिर्ता लिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>