समाचारशुक्रबार, मंसिर ४, २०७२

मधेशी मोर्चाले औषधि लोड गरेको ट्रकमा आगो लगायो

हिमालखबर

मधेशी मोर्चाले वीरगन्जमा औषधि बोकेको ट्रकमा पेट्रोल बम प्रहार गरी जलाएको छ ।

truck_fireपेट्रोल बमबाट सल्केको आगोले ट्रकमा लोड गरिएको करिब रु २० लाख बराबरको औषधि जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

३ मंसीरमा मोर्चाको काठमाडौंमा बसेको बैठकले औषधि आयात र ढुवानीमा रोक नलगाउने निर्णय गरेलगत्तै व्यवसायीले गोदाममा थन्किएको औषधि राति लोड गरेका थिए ।

वीरगन्ज उपमहानगरपालिका-१४ श्रीपुरमा ‘अति आवश्यक औषधि’ लेखिएको ब्यानर झुन्डयाइ रोकिराखेको ना२ख ८२९२ नम्बरको ट्रकमाथि राति करिब १ बजे मोर्चाका कार्यकर्ताले बम प्रहार गरेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।

उक्त  औषधि  नविनम मेडिकल हल जनकपुरतर्फ  लैजानका लागि लोड गरिएको व्यवसायीले बताएका छन् ।

यसैबीच  वीरगञ्ज–पथलैया सडक खण्डको हुलास बिस्कुट उद्योग अगाडि मोर्चाका कार्यकर्ताहरुले ३ मंसीर राति ना ३ ख ४१२७ नम्बरको मकै बोकेको ट्रकमा पनि आगो लगाएका छन् ।

उक्त ट्रक भैरहवाबाट वीरगञ्ज आउँदै गरेको थियो ।

आगजनीबाट ट्रकमा मकै छोप्न प्रयोग गरिएको पाल जलेर नष्ट भएको प्रहरी चौकी प्रहरी नायब निरीक्षक प्रमानन्द यादवले जानकारी दिए ।

प्रहरी टोलीले समयमै आगो नियन्त्रणमा लिएकोले थप क्षति हुन नपाएको बताईएको छ ।

सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>