समाचारशुक्रबार, मंसिर ४, २०७२
डिजेल बोकेको ट्याङ्कर प्रहरी नियन्त्रणमा
नेपाल आयल निगमको भलबारी डिपोबाट तेल बोकेर काठमाडौंका लागि हिडेको ट्याङ्कर नवलपरासीमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देहीस्थित भलवारी डिपोबाट चलान भएको ना४ख ७१४५ नम्बरको ट्याङ्करलाई ४ मंसीरमा नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार डिजेल पठाउने विषयमा डिपोले स्थानीय प्रशासनसँग समन्वय नगरेको र डिपो प्रमुखको गतिविधि पनि शङ्कास्पद देखिएकाले ट्याङ्कर नियन्त्रणमा लिइएको हो ।
प्रजिअ ढकालका अनुसार प्रहरीले नियन्त्रणमा लिएर उक्त ट्याङ्कर भलवारी डिपोमा नै फिर्ता ल्याइएको छ ।
ट्याङ्कर निगमका महाप्रबन्धक गोपालबहादुर खड्काको लिखित निर्देशनमा आफूले काठमाडौँका लागि पठाएको निगमका भलवाडी डिपोका प्रमुख दिनेश यादवले बताएका छन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
