समाचारशुक्रबार, मंसिर ४, २०७२

चालक ट्रकभित्र रहेकै अवस्थामा आगो लगाईयो

हिमालखबर

jaleko_medicine_truck

तस्वीर: सुरेश विडारी

“ट्रकमा झोल औषधि नभएर अरु नै केही चिज रहेकोे भए म त नबाँच्ने रहेछु ।” वीरगञ्ज– १४ श्रीपुरमा ३ मंसीर राति जलाईएको ट्रकका मालिक एवं चालक लक्ष्मण साहले भने ।

उनी ट्रकभित्रै रहेका बेला ट्रकमा आगो लगाइएको थियो । “करिब एक बजेको हुनुपर्छ, म ट्रकभित्र थिएँ पछाडि ट्रकको हुडमा आगो लागिसकेको थियो,” उनले भने ।

पर्साको चोर्नी– ९ जीतपुर टेडा घर भएका साहले भने “वरपरका घरको ढोका ढकढकाएर स्थानीयलाई उठाएँ, उनीहरुले बाल्टिनले माथिबाट पानी हाले, त्यसपछि दुई ओटा पानी तान्ने मोटर चलाएर पानी हाल्न थाले, आगो निभ्नै लागेका बेला प्रहरी र दमकल पनि आयो ।”

तस्वीर: सुरेश विडारी

तस्वीर: सुरेश विडारी

उनले ट्रकको टायरमा समेत आगो लगाउन खोजिएको बताए । पेट्रोल बम प्रहार गरियो वा पेट्रोल छर्केर आगो लगाइयो त्यो भने आफू स्पष्ट नभएको उनले बताए ।

घरबाट श्रीमती र बुवाले ‘गाडी नचला अवस्था खराब छ ’ भन्ने गरेको सम्झिंदै उनले थपे, “घरमा तनाव हुन्छ भनेर गाडी जलेको भनेकै छैन् ।”

जनकपुर पठाउनका लागि ट्रकमा स्लाइन औषधि लोड गरिएको थियो । उनले गाडी पूरै नभरिएकाले आफू राति वीरगञ्जमै बास बसेको बताए ।

truck_jaleko

तस्वीर: सुरेश विडारी

आगजनीबाट ट्रकमा ठूलो क्षति पुगेको छैन, अगाडि इन्जनको भागमा केही पनि भएको छैन, पछाडीको हुड र लोड गरिएको औषधि मात्रै जलेको छ ।

करिब २० लाख मुल्य बराबरको औषधि जलेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताएका छन् । ट्रकमा ‘अति आवश्यक जीवन रक्षक औषधी बोकेको गाडी’ लेखेको ब्यानर समेत झुण्ड्याईएको छ ।
सुरेश बिडारी, वीरगञ्ज

मधेशी मोर्चाले औषधि लोड गरेको ट्रकमा आगो लगायो

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>