समाचारशुक्रबार, मंसिर ४, २०७२

मोर्चाद्वारा १८ महिने बिरामी बालिका चढेको एम्बुलेन्स तोडफोड

हिमालखबर

मधेशी मोर्चाका कार्यकर्ताले मोरङको कटहरीमा बिरामी बालिका बोकेकोे एम्बुलेन्स तोडफोड गरेका छन् ।

१८ महिनाकी बालिका मानसी भट्टराईलाई लिएर रंगेलीबाट विराटनगरतर्फ आउँदै गरेको को १ च ७३७९ नम्बरको एम्बुलेन्सलाई मोर्चा कार्यकर्ताले कटहरीमा तोडफोड गरेका हुन् ।

रंगेलीमा कार्यरत ट्राफिक प्रहरी शैलेश भट्टराईकी छोरी मानसीलाई निमोनिया भएका कारण उपचारका लागि विराटनगर ल्याउने क्रममा आन्दोलनकारीले तोडफोड गरेको चालक दिलिपकुमार मण्डलले बताए ।

“भित्र बिरामी बच्चा छ भन्दा पनि मानेनन्, ढुँगा हानेर एम्बुलेन्सकोे सीसा फुटाए,” चालक राजवंशीले भने, “उनीहरुले हानेको ढुंगा एम्बुलेन्सभित्र पसेपछि बिरामी बोकेकी महिला रुंदै उत्रिइन् ।”

बालिकालाई डा. प्रकाश राणाको क्लिनिकमा देखाएर डेरामा लगिएको र आमा बच्चालाई कुनैपनि चोट नलागेको भट्टराईले बताए ।
एम्बुलेन्स तोडफोडमा सम्लग्न रहेको आशंकामा प्रहरीले संघीय समाजवादी फोरम मोरङका पूर्व सचिव राधे कामत र कार्यकर्ता अशोक ठाकुरलाई पक्राउ गरेको छ ।

मोरङका डिएसपी प्रमोद खरेलका अनुसार आन्दोलनकारीले कटहरीस्थित नेशनल सिमेन्ट उद्योगमा छिरेर आठ वटा ट्रक, दुई मोटरसाइकल र कार्यालयमा तोडफोड गरेका छन् ।

विराटनगरको रोडशेष चोकमा डिजेल बोकेका मोटरसाइकल रोकेर आगो लगाउने कन्हैयालाल साह र शुशिल यादवलाई पक्राउ गरिएको खरेलले बताए ।

यस्तै शिव मन्दिरमा तीन वटा मोटरसाइकल तोडफोड गर्ने जितनारायण साहलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

महाबीर चोकमा मोटरसाइकल तोडफोडमा संलग्न रुद्र वर्मा, शंकर सहनी, रविकुमार महतो र रबिन्द्र पासवानलाई पक्राउ गरिएको खरेलले जानकारी दिए ।

तस्वीर: कमल रिमाल

तस्वीर: कमल रिमाल

कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>