थप समाचारशुक्रबार, मंसिर ४, २०७२

एसएसबीद्वारा एकदर्जन ग्यास सिलिन्डर नियन्त्रणमा

हिमालखबर

महोत्तरीको भिट्ठामोडमा सीमापारिबाट ल्याइँदै गरेको एक दर्जन ग्यास भरिएका सिलिन्डर भारतीय सशस्त्र सीमा बलले नियन्त्रणमा लिएको छ ।

जिल्लाको मुख्य भन्सार नाका भिट्ठामोड हुँदै भारतबाट नेपाल ल्याइँदै गरिएको एक दर्जन ग्यास सिलिन्डर एसएसबीले ४ मंसीरमा नियन्त्रणमा लिएको उपभोक्ताले बताएका छन् ।

एक दिनअघिसम्म बिनारोकटोक ल्याउन दिएको ग्यास सिलिन्डर आज एक्कासी एसएसबीले नियन्त्रणमा लिएपछि नेपालबाट ग्यास लिन भारत गएका दर्जनौं व्यक्ति खाली सिलिन्डर लिएर फर्केका छन् ।

नेपाली सिलिन्डरमा भारतीय ग्यास पल्टी गरेर चर्को मूल्यमै भए पनि बिहीबारसम्म नेपाली ग्राहकले पाउने गरेकामा आज बिहानदेखि एसएसबीले भारतबाट ग्यास लैजान नमिल्ने भन्दै ग्यास भरिएका सिलिन्डरहरु नियन्त्रणमा लिन थालेका छन् ।

महोत्तरीको सीमापारिका भारतीय सहरहरु सुरसण्ड, भिट्ठामोड, मधवापुरमा बिहीबार, ३ मंसीरसम्म नेपाली ग्राहकले नेपाली सिलिन्डर लगी भारतीय ग्यास भरेर ल्याउने गरेका थिए ।

उनीहरुले नेपालीसँग एउटा सिलिन्डर रिफिल गरेबापत दुई हजार ८०० देखि तीन हजार नेपालीसम्म लिने गरेका थिए ।

आज बिहानदेखि सीमानाकामा एसएसबीले ग्यास भरिएका सिलिन्डर नियन्त्रणमा लिन थालेपछि नेपालबाट ग्यास ल्याउन भारतीय बजारमा पुगेका ग्राहकहरु विचल्लीमा परेका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>