थप समाचारशनिबार, मंसिर ५, २०७२

नेपाल–भारत सीमामा भएको अवरोध तत्काल हटाउन वान कि मुनको आग्रह

हिमालखबर

संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले नेपाल भारत सीमामा अत्यावश्यक आपूर्तिमा भएको अवरोध बारे आफ्नो चासो र चिन्ता व्यक्त गरेका छन् ।

उनले जीवन रक्षक औषधिको नष्ट गरिएको र आपूर्तिमा अवरोध गरिएको साथै मानवीय सहायतका कार्यमा निरन्तर भइरहेको अवरोधबाट आफू चिन्तित् भएको बताएका छन् ।

स्वतन्त्र पारवहन नेपालको अधिकार भएको उल्लेख गर्दै वानले सम्बन्धित सवै पक्षलाई अविलम्ब अवरोध हटाउन आग्रह गरेका छन् ।

५ मंसीरदेखि मधेशी मोर्चाले आन्दोलन थप सशक्त बनाउने  घोषणा गरिएको सन्दर्भ उल्लेख गर्दै महासचिव वानले अहिंसा र संवादमा जोड दिएका छन् । उनले शान्तिपूर्ण प्रदर्शन र सभा गर्न पाउने अधिकारको पनि सम्मान गर्नुपर्ने बताएका छन् ।

महासचिव वानका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उहाँले लचिलो र शान्तिपूर्ण भएर मतभेद अन्त्य गर्न सबै पक्षलाई आग्रह गर्दै लोकतान्त्रिक, समावेशी, शान्तिपूर्ण र समृद्ध नेपाल निर्माणको प्रयासमा संयुक्त राष्ट्र संघको समर्थन जारी रहने बताउनु भएको छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>