थप समाचारशनिबार, मंसिर ५, २०७२
जनकपुरमा ‘टिफिन बम’ विष्फोट, एक घाइते
जनकपुरमा ‘टिफिन बम’ विष्फोट हुँदा सिरहाका श्रवणकुमार यादव गम्भीर घाइते भएका छन् ।

घाइते श्रवणकुमार यादव ।
जनकपुरको पिपरिया–४ राराब क्याम्पस नजिकै रहेको स्थानीय नरेश यादवको घरमा बम विष्फोट भएको हो । श्रवणकुमार त्यही घरमा भाडामा बस्दै आएका थिए ।
भर्याङ नजिक सफाई गर्दा टिफिन बट्टा अचानक विष्फोट भई श्रवण घाइते भएको उनका साथीले बताएका छन् ।
सिरहा रानीगञ्जका १८ वर्षीय श्रवणकुमार यादवको जनकपुरमा हेल्थ असिस्टेन्टका विद्यार्थी हुन् ।
हात, खुट्टा र जिउमा बमको छर्रा लागेका घाइते श्रवणको जनकपुर अञ्चल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरान लगिएकोे छ ।
बम कसले त्यहाँ राख्यो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ईश्वरचन्द्र झा, जनकपुर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
