समाचारशनिबार, मंसिर ५, २०७२
चार मधेशकेन्द्रित दलको नयाँ गठबन्धन
मधेश केन्द्रित चार दलले कार्यगत गरी संघीय समावेशी मधेशी गठबन्धन बनाएका छन् ।
शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, जयप्रकाश प्रसाद गुप्ता नेतृत्वको तराई मधेश राष्ट्रिय अभियान, अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेशी जनाधिकार फोरम गणतान्त्रिकले जनकपुरमा ५ मंसीरमा संयुक्त पत्रकार सम्मेलन गरी संघीय समावेशी मधेसी गठबन्धनको घोषणा गरेका हुन् ।
चारवटै पार्टीका अध्यक्षले आन्दोलनलाई थप प्रभावकारी बनाउन सक्रिय राजनीतिक दल तथा मोर्चाहरुसितको बैठकलाई निरन्तरता दिने र समान अजेण्डा भएका दलहरुको साझा फोरम तयार गर्ने बताए ।
उनीहरुले थप छलफल गरी आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गर्ने बताएका छन् ।
ईश्वरचन्द्र झा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
