समाचारशनिबार, मंसिर ५, २०७२
चुरे भावर प्रदेश माग्दै सर्लाहीमा शक्ति प्रदर्शन
चुरेभावर राष्ट्रिय एकता पार्टीले विगतमा सरकारसँग भएको नौ बुँदे सम्झौता अनुसार छुट्टै चुरे भावर प्रदेशको माग गर्दै सर्लाहीमा शक्ति प्रदर्शन गरेको छ ।
२०६३ सालमा सर्लाहीको हरिवनमा जन्मिएको उक्त पार्टीले ५ मंसीरमा आफ्नो उद्गम थलोमै ¥याली सहित शक्ति प्रदर्शन गरेको हो ।
चुरे भावर प्रदेश कायम हुनुपर्ने लगायत माग अघि सार्दै आयोजना गरिएको र्याली हरिवन बजार परिक्रमा पश्चात सभामा परिणत भएको थियो ।
र्यालीका सहभागीले राष्ट्रिय अखण्डता र सार्वभौमत्ता अक्षुण राख्नुपर्ने जातीय सदभाव कायम गर्नुपर्ने र भारतको नाकाबन्दी अन्त गर्नुपर्ने लगायत नारा लगाएका थिए ।
कोण सभालाई सम्बोधन गर्दै पार्टीका राष्ट्रिय अध्यक्ष बद्री न्यौपानेले मधेशी मोर्चा लगायतका पार्टीसँग विगतका सरकारले गरेका सम्झौता पूरा गर्ने भए २०६४ सालमा तत्कालिन सरकारले आफ्नो पार्टीसँग चुरे भावर प्रदेश सहित गरेको ९ बुँदे सम्झौता पनि अक्षरसः पालना हुनुपर्ने माग गरे ।
माग पुरा गराउन पार्टीले शान्तिपुर्ण रुपमा पहिलो चरणको आन्दोलन शुरु गरेको उल्लेख गर्दै अध्यक्ष न्यौपानेले माग पुरा नभए भावर प्रदेश कायम गर्न दोस्रो चरणमा सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
उनले आफ्नो पार्टीले आन्दोलनको क्रममा साम्प्रदायिक सदभाव कायम राख्नुलाई प्राथमिकतामा राखेको समेत बताएका थिए ।
चुरे भावरले माहाभारतदेखि दक्षिण चारकोसे झाडीदेखी चुरेको भुभागसम्म चुरे भावर प्रदेश कायम गर्नुपर्ने माग गर्दै आएको छ ।
टंक क्षेत्री, सर्लाही