समाचारशनिबार, मंसिर ५, २०७२

मोर्चाद्वारा बिरामी बोकेको एम्बुलेन्समा फेरि आक्रमण

हिमालखबर

ambulanceमधेशी मोर्चाले सुनसरीको दुहबीमा बिरामी बोकेको एम्बुलेन्स तोडफोड गरेको छ ।

विराटनगरबाट संखुवासभाका सारध्वज तामाङलाई लिएर ५ मंसीर दिउँसो धरान जाँदै गरेको को १ च ४६१५ नम्बरको एम्बुलेन्समा मोर्चाका कार्यकताएले आक्रमण गर्दा चालक विराटनगर उमनपा –११ का आनन्द विक घाइते भएका छन् ।

घाइते विकको दाहिने आँखामा गहिरो चोट लागेको छ ।

उनको सिटी अस्पताल विराटनगरमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शिव पोखरेलले बताए ।

मोर्चाका कार्यकर्ताले हिजो ४ मंसीरमा पनि मोरङको रंगेलीबाट विराटनगर आउँदै गरेको को १ च ७३७९ नम्बरको एम्बुलेन्सलाई कटहरी– ४ मा आक्रमण गरेका थिए ।

यसैविच झापा, मोरङ, सुनसरीलाई टुक्र्याउन नपाइने माग गर्दै नागरिक संघर्ष समितिले आज अपराह्न दुहबी बजारमा निकालेको बृहद सद्भाव र्‍यालीमा मोर्चाका कार्यकर्ताले ढुंगा हानेपछि दुहबी बजार तनावग्रस्त भयो ।

दुवै पक्षबीच झडप हुन थालेपछि भीडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ६ राउण्ड हवाइ फायर गर्नुपरेको प्रहरी निरीक्षक पोखरेलले बताए ।

र्‍यालीमा आक्रमण गरेको आरोपमा प्रहरीले दुहबी भलुवा घर भएका संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रञ्जित गोस्वामी र फोरमका कार्यकर्ता मुन्ना साहलाई गिरफ्तार गरेको छ ।

सुनसरीलाई प्रदेश नम्बर १ मै राख्नु पर्ने माग गर्दै नागरिक समाजले निकालेको सद्भाव ¥यालीमा विभिन्न राजनीतिक दल, सामाजिक संघ संस्थाका प्रतिनिधि र हजारौं सर्वसाधारण सहभागी थिए ।

शेखर ढकाल, सुनसरी
मोर्चाद्वारा १८ महिने बिरामी बालिका चढेको एम्बुलेन्स तोडफोड

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>