थप समाचारशनिबार, मंसिर ५, २०७२
पार्टी नेतृत्वलाई कांग्रेस सांसदको दबाब
तराई–मधेशबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदले मधेशको समस्या समाधान गर्न पार्टी नेतृत्वसँग आग्रह गरेका छन् ।
संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा लामो समयदेखि तराई–मधेशमा आन्दोलन हुँदा समस्या थपिएको र नेपाल–भारत सीमा देखिएको अवरोधका कारण दैनिक उपभोग्य वस्तुको आयातमा उल्झन पैदा भएको भन्दै वार्ता र संवादको माध्यमबाट अगाडि बढ्न नेतृत्वलाई सुझाइएको हो ।
वार्ता र संवादको विकल्प नभएपनि तीन महिनासम्म ठोस र प्रभावकारी वार्ता हुन नसकेको भन्दै बैठकमा सहभागी सांसदले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकलाई तत्काल पारित गर्नुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>