समाचारशनिबार, मंसिर ५, २०७२

मधेशी मोर्चाद्वारा राजमार्ग अवरुद्ध, प्रहरीको जीप तोडफोड

हिमालखबर

gadi_todfodमधेशी मोर्चाले ५ मंसीरदेखि राजमार्ग केन्द्रित आन्दोलन शुरु गरेको छ ।

सप्तरीको बिभिन्न ठाउँमा धर्ना दिएर आन्दोलनकारीले राजमार्ग अवरुद्व पारेका छन् । मधेशी मोर्चाको आन्दोलनलाई थरुहट/थारुवान संयुक्त संघर्ष समिति र मुस्लिम संघर्ष गठबन्धनले पनि समर्थन गरेका छन् ।

बन्दका बेला पनि प्रहरीले सुरक्षा दिएर सवारीसाधनहरु गन्तब्यतर्फ पठाइरहेकाले राजमार्ग पूरै ठप्प पार्न भन्दै धर्ना फेरि शुरु गरिएको मधेशी मोर्चा सप्तरीले जनाएको छ ।

सप्तरीको भारदहमा ५ मंसीर राति अबेरसम्म ठूलो संख्यामा आन्दोलनकारीहरु धर्नामा बसेका छन् । त्यसैगरी रुपनी, कदमाहा र कल्याणपुरमा पनि राजमार्गमा अवरोध गर्दै धर्ना बसेका छन् ।

यसैबीच मोर्चाका कार्यकर्ताले भारदहमा प्रहरीको गाडीको सिसा फुटाएका छन् । प्रहरीको ना १ झ १२५४ नम्बरको गाडीको अगाडिको सिसा मोर्चा कार्यकर्ताको ढुंगा प्रहारबाट फुटेको हो ।

श्रवणकुमार देव, सप्तरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>