समाचारआइतबार, मंसिर ६, २०७२

विधेयक पारित गराउनतिर लाग्न मोर्चालाई कांग्रेसको आग्रह

हिमालखबर

12277088_10153743937747500_328741952_n

संसद् बैठक अवरुद्ध पार्दै माेर्चामा अावद्ध सांसदहरु ।

संसद्‌मा दर्ता भएको संविधान संशोधन विधेयक पारित गराउनतिर लाग्न नेपाली कांग्रेसले मधेश केन्द्रित मोर्चालाई आग्रह गरेको छ ।

६ मंसीरको संसद् बैठकमा बोल्दै नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले संसद् अवरुद्ध गर्ने र मधेशमा आन्दोलन गर्ने भन्दा पनि संविधान संशोधन विधेयक पारित गराउनतिर लाग्न आग्रह गरेका हुन् ।

कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले संविधान संशोधन विधेयक दर्ता गरेका छन् । एक जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र कायम हुनेगरी निर्वाचन क्षेत्र निर्धारण र समावेशी समानुपातिक व्यवस्था हुनुपर्ने विधेयक दर्ता भएको छ ।

संसद् बैठक स्थगित
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यबाहक सभापति पौडेलले बोलेलगत्तै मधेश केन्द्रित दलका सांसदहरुले संसद् बैठक अवरुद्ध गरेका छन् । उनीहरुले रोष्टम घेराउ गरेपछि सभामुख ओनसरी घर्तीले बैठक स्थगित गरेकी छन् ।

उनले आगामी बैठक १० मंसीरमा बस्ने जानकारी गराएकी छन् ।

–कपिल भट्ट, काठमाडाैं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>