समाचारआइतबार, मंसिर ६, २०७२
ट्रक र मोटरसाइकलमा आगजनी
धनुषाको ढल्केवरमा मधेशी मोर्चाका कार्यकर्ताले एउटा ट्रक र एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।
धनुषाको महेन्द्रनगर सखुवा बजारबाट राँगा लिएर काठमाडौँका लागि छुटेको ज४ख ६२६ नंको ट्रकमा आगजनी गरेको मोर्चाले जनाएको छ ।
यस्तै मोर्चाका कार्यकर्ताले इन्धनको तस्करी गर्ने गरेको भन्दै ज४प ६६६८ नंको मोटरसाइकलमा आगजनी गरेका हुन् ।
शनिबारदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै ट्रक र मोटरसाइकल जलाएका हुन् ।
घटनामा संलग्नको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, ढल्केवरले जनाएको छ ।
सप्तरीमा पनि आगजनी
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा पनि मोर्चाका कार्यकर्ताले एउटा पलसर मोटरसाइकलमा आगो लगाएर जलाएका छन् ।
गाईघाटबाट राजविराजतर्फ आउँदै गरेको स४प ५३११ नं को पलसर मोटरसाइकलमा प्रदर्शनमा उत्रेका आन्दोलनकारीहरुले आगो लगाएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मोटरसाइकल पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
