समाचारआइतबार, मंसिर ६, २०७२
नेपालगञ्ज–रुपैडिहा नाका ठप्प
नेपालगञ्ज–रुपैडिहा सीमानाकामा ६ मंसीर विहानैदेखि मधेशी मोर्चाले ठप्प पारेको छ ।
मोर्चाका स्थानीय नेता–कार्यकर्ताको करिब तीस जनाको समूहले दशगजा क्षेत्रमा धर्ना दिएपछि भारतबाट कुनै पनि मालबाहक गाडीहरु नेपाल प्रवेश गर्न पाएका छैनन् ।
मोटरसाइकल, साइकलहरु भने निर्वाध आउजाऊ गर्न दिएको जमुनाहा प्रहरीले जनाएको छ ।
मोर्चाका कार्यकर्ताहरुले रुपैडिहाबाट किनेर ल्याउँदै गरेका पेट्रोल–डिजेल बोकेका साइकल, मोटरसाइकललाई रोक्दै बाटोमै पोखिदिएका छन् ।
सीमापारी १४ वटा पेट्रोलियम पदार्थका ट्यांकर र ५५ बढी मालबाहक गाडी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार यसअघि ५ मंसीरमा यो नाका हुँदै १३ डिजलका, ६ हवाई इन्धनका र ५७ अन्य मालबाहक गाडी नेपाल भित्रिएका थिए ।
केशव राना, बाँके
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
