थप समाचारआइतबार, मंसिर ६, २०७२
रातको समयमा इन्धन विक्री गर्न रोक
झापाका पेट्रोल पम्पहरुमा रातको समयमा इन्धन बिक्री गर्न रोक लगाइएको छ ।
६ मंसीरमा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको कार्यकक्षमा इन्धन बिक्रेता र आयल निगमका प्रतिनिधिको सहभागितामा भएको बैठकले बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म मात्र इनधन विक्री गर्ने निर्णय गरेको हो ।
बैठकले काँकडभिट्टा नाकाबाट भित्रिने इन्धनको ६० प्रतिशत आयल निगम क्षेत्रीय कार्यालय बिराटनगरमा पठाइने र बाँकी ४० प्रतितशत मेचीमा बिक्रि गर्ने निर्णय भएको झापा चारआलीस्थित कार्यालयमा प्रमुख बासुदेब भण्डारीले बताए ।
उनले पेट्रोल पम्पहरुले अवदेखि एकपटकमा मोटरसाईकललाई एक हजार र साना सवारीलाई एक हजार पाँच सयको इन्धन दिने निर्णय भएको बताए । यसअघि काँकडभिट्टाबाट नेपाल भित्रिएको मध्ये क्षेत्रीय कार्यालय बिराटनगरबाट ७५ र झापाबाट २५ प्रतिशत विक्री हुँदै आएको थियो ।
भारतले नाकाबन्दी गरेयता असोज र कात्तिकमा झापाको काँकडभिट्टा नाकाबाट १७ लाख ४० हजार लिटर पेट्रोल भित्रिएको मेची भन्सार काँकडभिट्टाले जनाएको छ ।
–गोपाल गडतौला, झापा