समाचारसोमबार, मंसिर ७, २०७२

राजमार्गमा रोकिएका साधन प्रहरी सुरक्षामा गन्तव्यमा पुगे

हिमालखबर

मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सप्तरीमा शनिबार, ५ मंसीर राति भएको झडपका कारण पूर्वपश्चिम राजमार्गको विभिन्न स्थानमा रोकिएका सवारी साधनलाई गएराति प्रहरीले सुरक्षा दिएर गन्तव्यतर्फ पठाएको छ ।

तस्वीर: श्रवणकुमार देव

तस्वीर: श्रवणकुमार देव

सप्तरीको रुपनी र भारदहमा भएको झडपका क्रममा दुईजना प्रदर्शनकारीको मृत्यु भएपछि पूर्वबाट आएका सवारी साधन सुनसरीको इटहरी, भण्टाबारीमा तथा काठमाडौँबाट आएका सवारी साधन महोत्तरीको बर्दिवास, लालगढलगायतका स्थानमा शनिबार साँझबाट रोकिएका थिए ।

पूर्वबाट आएका करिब ५०० भन्दा बढी सवारी साधन तथा पश्चिमबाट आएका करिब ४०० भन्दा बढी सवारी साधनलाई गएराति सुरक्षा दिएर गन्तव्यतर्फ पठाइएको हो ।

सवारी साधनलाई सुरक्षा दिई लैजाने क्रममा सडक छेउछेउमा बसेका प्रदर्शनकारीहरुले ढुङ्गामुढा गरी सवारी साधनमा तोडफोड गरेका थिए । प्रदर्शनकारीले सप्तरीको कञ्चनपुरमा मात्रै करिब ६० वटा गाडीको सीसा फोडेका थिए ।

राजमार्गमा निषेधाज्ञाको समय बढ्यो

सिरहा प्रशासनले पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाका विभिन्न सडकखण्डमा रातिको समयमा लगाउँदै आएको निषेधाज्ञाको समय बढाएको छ ।

संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले पूर्वपश्चिम राजमार्गमा धर्ना बसेर रातिको समयमा सञ्चालन हुने यातायातका साधनमा अवरोध पुर्‍याउन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञाको समय दुई घन्टा थप गरी १२ घन्टा पुर्‍याएको हो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विश्वकर्माले राजमार्गमा निर्वाध रुपमा सवारी साधन सञ्चालन गर्न तथा शान्ति सुरक्षा कायम राख्न आइतबारबाट प्रत्येक दिन साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म निषेधाज्ञाको समय थप गरिएको बताए ।

आन्दोलनरत पक्षको बन्द र विरोधका कार्यक्रम हिंसात्मक बन्न सक्ने भएकाले निषेधाज्ञाको समय थप गरिएको बताउँदै प्रजिअ विश्वकर्माले निषेधाज्ञालगाएका क्षेत्रमा यातायातका साधनको आवातजावतमा कुनै अवरोध नपुर्‍याउन आग्रह गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>