समाचारसोमबार, मंसिर ७, २०७२
सप्तरीमा प्रदर्शन जारी, प्रहरी चौकी जलाइयो
सप्तरीका विभिन्न स्थानमा मधेशी मोर्चाका प्रदर्शनकारीहरुले आज, ७ मंसीर बिहान एक प्रहरी चौकीमा आगजनी गरेका छन् ।

तस्वीर: श्रवणकुमार देव
जिल्लाको कोलाडी बसाइन– १ मा रहेको प्रहरी चौकीमा प्रदर्शनकारीहरुले आगजनी गरेको राष्ट्रिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले जानकारी दिए ।
शनिबार रातिदेखि तनाव रहेको सप्तरी आज बिहानबाट पुनः ठाउँठाउँमा प्रदर्शन शुरु भएको छ । सदरमुकाम राजविराजमा बिहानैदेखि आन्दोलकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेको मोर्चाले जनाएको छ ।
सप्तरी प्रशासनले सदरमुकाम राजविराज तथा पूर्वपश्चिम राजमार्गको कोसी ब्यारेजदेखि पश्चिमको बलान खोलासम्म अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
