समाचारसोमबार, मंसिर ७, २०७२

मोर्चाका कार्यकर्ताले फलफुल बोकेको भ्यान जलाए

हिमालखबर

माेर्चाले जलाएकाे भ्यान ।

माेर्चाले जलाएकाे भ्यान ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले कपिलवस्तुमा फलफुल बोकेको दुई वटा भ्यान जलाएका छन् ।

तौलिहवा जितपुर सडक खण्डको जहदीमा लु १ च ६०८९ र ग १ च ९५७० नम्बरको पिक अप भ्यानमा आगो लगाएको प्रहरीले जनाएको छ ।

बन्दको अवज्ञा गरेको भन्दै बुटवलबाट स्याउ बोकेर आउँदै गरेको भ्यान मोर्चाका कार्यकर्ताले जलाएका हुन् । यस्तै, सदरमुकाम तौलिहवास्थित जिल्ला प्रशासन कार्यालय अगाडी मोर्चा कार्यकर्ताले बा १ ब ८६६७ नम्बरको सरकारी मोटरसाईकल जलाएका छन् ।

गोपाल भण्डारी, कपिलवस्तु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>