Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मोर्चाको सहमतिमा संविधान संशोधन - Himalkhabar.com

समाचारसोमबार, मंसिर ७, २०७२

मोर्चाको सहमतिमा संविधान संशोधन

सइन्द्र राई

६ मंसीरमा बसेकाे सर्वदलीय बैठकका सहभागीहरु । तस्वीरः रासस

६ मंसीरमा बसेकाे सर्वदलीय बैठकका सहभागीहरु । तस्वीरः रासस

प्रमुख राजनीतिक दलहरू सहमतिमार्फत आवश्यकताका आधारमा संविधान संशोधन गर्ने निष्कर्षमा पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ७ मंसीर विहान बसेको प्रमुख दलहरुको बैठकले सत्तारुढ दल, प्रमुख प्रतिपक्ष र आन्दोलनरत दलहरुबीच सहमति कायम गर्दै संविधान संशोधन गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।

उनका अनुसार सत्तारुढ र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले मोर्चासँग वार्ताका लागि साझा धारणा बनाउने भएका छन् । दुवै पक्षले सार्थक वार्ताका लागि प्रयत्न गर्ने र साझा धारणामा आधारित भएर सहमति खोज्ने निष्कर्ष दलहरुले निकालेका छन् ।

“शान्तिपूर्ण मागलाई शान्तिपूर्ण तवरले सम्बोधन गरिनुपर्छ भन्नेमा दलहरुले जोड दिएका छन्”, दाहालले भने, “सहमतिका आधारमा आवश्यक संशोधन गर्न साझा धारणा बनाइने भएको छ ।”

यसअघि, नेपाली कांग्रेसले संसदमा पेश भएको विधेयक पारित गराउन दबाव दिदै आएको थियो । बैठकले मोर्चाको सहमति जुटाएर संशोधन गर्ने निर्णय गरेको छ । संविधान निर्माण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले १०० दिनदेखि तराई–मधेशमा आन्दोलन गरिरहेको छ ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

यस्तै, प्रतिपक्षी दल कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल, नेता रामशरण महत, राप्रपा नेपालका दिलनाथ गिरी, मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार र जितेन्द्र देव र राप्रपाका पशुपति शमसेर सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>