समाचारसोमबार, मंसिर ७, २०७२
कांग्रेस र तमलोपाका नेताहरुबीच वार्ता
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र आन्दोलनरत दल तराई–मधेश लोकतान्त्रिक पार्टीका नेताहरुबीच भेटवार्ता भएको छ ।
कांग्रेसका महामन्त्री प्रकाशमान सिंह र प्रवक्ता दिलेन्द्र बडू तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई भेट्न उनकै निवास भक्तपुर पुगेका थिए । भेटवार्तामा मधेशमा जारी आन्दोलनबारे छलफल भएको बताइएको छ ।
अध्यक्ष ठाकुरले तत्काल सहमतिको प्रयत्न गर्न कांग्रेसका नेताहरुलाई आग्रह गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
