Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एमालेका मधेशी नेताहरुले मधेशको समस्या सुल्झाउन दबाव दिने - Himalkhabar.com

समाचारसोमबार, मंसिर ७, २०७२

एमालेका मधेशी नेताहरुले मधेशको समस्या सुल्झाउन दबाव दिने

सइन्द्र राई

12247122_524959707660349_3849318240646504777_n

सिंहदरवारमा भएकाे बैठकमा सहभागी नेताहरु ।

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका मधेशी नेताहरुले पार्टीलाई मधेशको समस्या तत्काल सुल्झाउन दबाव दिने भएको छ ।

सिंहदरवारमा भएको केन्द्रिय सदस्य एवम् सभासदहरुको बैठकले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर दबाव दिने निर्णय गरेको छ । ८ मंसीरमा मधेश समस्या तत्काल सुल्झाउन प्रधानमन्त्री ओलीलाई दबाव दिने तयारी भइरहेको केन्द्रिय सदस्य धर्मनाथप्रसाद साहले बताए ।

उनका अनुसार प्रमुख दलका नेताहरुले गरेको प्रतिवद्धता अनुसार संविधान संशोधन गरेर मधेशको समस्या सुल्झाउन दबाव दिइनेछ । साहले भने, “संविधान जारी भएको लामो समय भइसक्यो, नेताहरु मौन छन् । त्यसैले आफ्नै नेतृत्वलाई दबाबमुलक सुझाव दिने तयारीमा छौं ।”

संविधान जारी गर्नुपूर्व मधेशी नेता तथा सभासदहरुले तयार पारेको १० बुँदे मागमध्ये धेरै पूरा भएको र बाँकी मागबारे दबाव दिने उनले बताए । बैठकले आन्दोलनरत दलहरुको सहमतिमा सीमाकंनको समस्या सुल्झाउनुपर्ने, समानुपातिक समावेशी सिद्धान्त लागू हुनुपर्ने र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने सुझाव पार्टी नेतृत्वलाई दिने निर्णय गरेको छ ।

“मधेशका केही साना दलहरुले गरेको आन्दोलनले समग्र मधेशलाई प्रभाव पारिरहेको छ, अहिले पार्टी बचाउन पनि हामीले दबाव दिनुपर्ने बाध्यता हो”, उनले भने । उनले ३२ जना नेता तथा सभासदले नेतृत्वलाई दबाबमुलक सुझाव दिने तयारी भइरहेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>