समाचारसोमबार, मंसिर ७, २०७२

संविधानले कसैलाई विभेद गरेको छैनः प्रधानमन्त्री ओली

हिमालखबर

oliप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट जारी नेपालको संविधानले कसैलाई पनि भेदभाव नगरेको बताएका छन् ।

गैरसरकारी संस्था महासङ्घ नेपालको आठौँ महाधिवेशन, २१औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय नागरिक सम्मेलनको उद्घाटन गर्दै उनले भने, “संविधानले कसैलाई पनि भेदभाव गरेकै छैन ।”

केहीले संविधान मधेश विरोधी भनेर हल्ला फैलाएको बताउँदै प्रधानमन्त्री ओलीले भने, “संविधानप्रति नकारात्मक प्रचार गरिएको छ, त्यो गलत छ, यो संविधानले सबैको सम्मान गरेको छ ।”

संविधानको गलत व्याख्या गरेर जात र भूगोलका नाममा कलह फैलाउन र सम्प्रदायिक विद्वेष फैलाएर जनताबीचमा फाटो ल्याउन खोजिएको उनले बताए ।

बिरामीसहितको एम्बुलेन्समा आगो लगाउने र औषधि बोकेको ट्रकमा आगजनी गर्ने जस्ता क्रियाकलापले देशलाई सही बाटोमा नलग्ने बताए । प्रधानमन्त्री ओलीले भने, “केही मानिसका कारण तराई बर्बादीको बाटोमा गएको छ, त्यसलाई सही बाटोमा ल्याउनुपर्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>