समाचारसोमबार, मंसिर ७, २०७२

झापा, मोरङ र सुनसरी टुक्राउन पाइँदैन भन्दै झापामा प्रदर्शन

हिमालखबर

julusझापा, मोरङ र सुनसरीलाई प्रदेश नं. १ बाट टुक्र्याउन नहुने भन्दै झापाको बिर्तामोडमा प्रदर्शन भएको छ ।

नागरिक समाज झापाको अगुवाइमा आयोजित प्रदर्शनमा सरकारमा सहभागी र बिपक्षी दलका जिल्ला प्रतिनिधि र सर्वसाधारणको सहभागिता थियो ।

¥यालीमा सहभागीहरुले ‘झापा, मोरङ र सुनसरीलाई टुक्रुयाउन पाइँदैन,’ ‘जनताको एकता जिन्दावाद,’ ‘हिमाल, पहाड, तराइ कोही छैन पराइ ’लगायतका नारा लगाएका थिए ।

जुलुशपछि आयोजित सभामा एमाले सांसद रबिन कोइराला र मनकुमार गौतम कांग्रेस सांसद सुधीर शिबाकोटी, एमाले झापाका अध्यक्ष चिन्तन पाठक, कांग्रेस झापाका सभापति उद्धब थापा, एमाओवादीका राजु आचार्य लगायतले झापा, मोरङ र सुनसरीलाई प्रदेश १ बाट नछ्ट्याउन माग गरे ।

उनीहरुले पूर्वी तराईका यि तिन जिल्लालाई आंशिक वा पूर्णरुपमा प्रदेश १ बाट अलग गरिए अर्काे द्वन्द्व शुरु हुने चेतावनी दिए ।

उता यिनै तीन जिल्ला समेतलाई २ नम्बर प्रदेशमा गाभ्नुपर्ने मागसहित मधेशी मोर्चाले शुरु गरेको आन्दोलनले एकसय दिन पुगुञ्जेल भएका प्रदर्शनमा तराईमा पचास जतिको ज्यान गइसकेको छ ।
गोपाल गडतौला ,झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>