समाचारमंगलबार, मंसिर ८, २०७२

महोत्तरीका सबै विद्यालय खुले

हिमालखबर

मधेश आन्दोलनका कारण बन्द रहेका महोत्तरीका सबै विद्यालय आजदेखि पूर्णरुपमा सञ्चालन भइ पठनपाठन शुरु भएको छ ।

विगत १०० दिनदेखि बन्द रहेका विद्यालय ३/४ दिनअघिदेखि नै सञ्चालन गरिने भनिए पनि जिल्लास्तरीय आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले औपचारिक घोषणा नगरेका कारण महोत्तरीका विद्यालय सोमबारसम्म पनि बन्द रहेका थिए ।

तर मोर्चाले आजदेखि औपचारिक रुपमा विद्यालय सञ्चालन गर्न भनेपछि बिहानदेखि जिल्लाका सबै निजी तथा सरकारी विद्यालयमा पठनपाठन शुरु भएको छ ।

मोर्चाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि सदरमुकाम जलेश्वरलगायत जिल्लाका सबै निजी विद्यालय आज बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ भने हजारौँ विद्यार्थी आ–आफ्ना विद्यालयमा जान थालेको देखिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>