समाचारमंगलबार, मंसिर ८, २०७२

मोर्चाद्वारा मोटरसाइकल र चालकमाथि आगजनी

हिमालखबर

वीरगञ्ज–पथलैया सड्कखण्डको नितनपुरमा मधेशी मोर्चाका कार्यकर्ताले चालक सहित मोटरसाइकलमा आगजनी गरेका छन् ।

सोमबार, ७ मंसीर साँझ मोटरसाइकलमा चढेर पथलैयातर्फ आउँदै गरेका वीरगञ्ज रानीघाटका ३५ वर्षीय ध्रुव साहको ‘अन–टेस्ट’ मोटरसाइकललाई रोकेर मोर्चाका कार्यकर्ताले पेट्रोल छर्की आगो लगाएकोे प्रहरीले जनाएको छ ।

उनीहरुले साहको खुट्टा समेत आगो लगाइदिएपछि उनको दायाँ खुट्टा जलेको छ भने मोटरसाईकल ध्वस्त भएको छ ।

घाईते साहको वीरगञ्जस्थित भवानी अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>