थप समाचारमंगलबार, मंसिर ८, २०७२

औषधि उद्योगमा अख्तियारको छापा

हिमालखबर

chhapaवीरगञ्ज पथलैया औद्योगिक करिडोर अन्तर्गत बाराको गढीमाई–१० नितनपुरस्थित युनिक फर्मास्यूटिकल्स् प्रालिको उद्योगमा अख्तियार अनुसन्धान आयोगले छापा मारेको छ ।

उद्योगले उत्पादन गरेका औषधिहरु गुणस्तरहिन भएको जनगुनासो बढेको भन्ने उजुरीका आधारमा केन्द्रबाट बारा आएको अख्तियारको टोलीले छापामारी अनुसन्धान शुरु गरेको हो ।

अख्तियारको टोलीले उद्योगले उत्पादन गरेका बिभिन्ने औषधीहरु भण्डारण गरेको गोदामबाट बिभिन्न प्रकारका औषधिको नमूना संकलन गरी परिक्षणका लागि क्षेत्रीय जन स्वास्थ्य निर्देशनालय हेटौंडा पठाएको छ । उद्योगको गोदाम सिल गरेको छ ।

युनिक फर्मास्यूटिकल्स् प्रालिबाट उत्पादित औषधिले बिरामीहरु निको नहुने, औषधिमा आवश्यक तत्वहरुको मिश्रण नहुने र उत्पादित केही औषधिहरु लुकाइएको भन्ने उजुरी परेपछि उद्योगबाट औषधिको नमूना, कागजात, कमप्यूटर सिस्टम नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>