थप समाचारमंगलबार, मंसिर ८, २०७२

सरकारी कार्यालयका बोर्डमा नाम फेर्दै मोर्चा

हिमालखबर

madheshमधेशी मोर्चाले सिरहाको लहानस्थित सरकारी कार्यालयका बोर्डहरुमा ‘नेपाल सरकार’ मेटाएर ‘मधेश सरकार’ लेखेको छ ।

मोर्चाले पछिल्लो समय आन्दोलन थप चर्काउने निर्णयसँगै सरकारी कार्यालयहरुमा ‘मधेश सरकार’ लेख्ने अभियान नै चलाएको हो ।

मोर्चाका कार्यकर्ताले लहानस्थित अञ्चल यातायत कार्यालय, सडक डिभिजन कार्यालय, नापी कार्यालय लगायतका बोर्डहरुमा नेपाल मेटाउँदै मधेश लेखेको छ ।

यसैबीच आज पनि सिरहामा मोर्चाको प्रदर्शन जारी छ ।

पूर्वपश्चिम राजमार्गको लहान सडकखण्डमा टायर बालेर विहानैदेखि मोर्चाका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।

मोर्चाको कार्यकर्ता र प्रहरी बीच ७ मंसीरमा लहानमा दिनभर जसो झडप भएको थियो ।

mahesh2झडपका क्रममा मोर्चाका लहान संयोजक कृष्ण बहादुर यादव, नेकपा एमालेका नेता सत्यनारायण यादव लगायत ६ जना घाइते भएका थिए । घाइते कृष्ण बहादुर यादवको उपचार लहान अस्पताल भइरहेको छ ।

आन्दोलनबारे छलफल गर्न भन्दै प्रहरी कार्यालय पुगेका यादव र प्रहरीबीच विवाद हुँदा यादव प्रहरीबाट कुटिएका थिए ।

उनलाई कुटपिट गरेको भन्दै सप्तरी प्रहरीले प्रहरी निरीक्षक हरि ओझालाई कार्वाही स्वरुप ड्यूटीमा नखटाइएको र प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताए ।
दिलिपकुमार सिंह, सिरहा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...