Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विश्वकप तयारी गर्न दृष्टिविहिन क्रिकेटरलाई मैदान अभाव - Himalkhabar.com

खेलकुदशुक्रबार, मंसिर ८, २०६९

विश्वकप तयारी गर्न दृष्टिविहिन क्रिकेटरलाई मैदान अभाव

हिमालखबर

शब्दः मीना शर्मा
तस्बीरः ऋषिराम कट्टेल

खेलाडीहरूले ३ मंसिरदेखि पुल्चोक इन्जिनियरिङ क्याम्पसको फुटबल मैदानमा अभ्यास गरिरहेका छन् । दृष्टिविहिनहरूले बल भुईमा घिसारेर खेल्नु पर्ने भए पनि राम्रो मैदान नहुँदा धुलोमा खेल्न बाध्य छन् ।

धुलोले गर्दा खेलाडीको स्वास्थ्य प्रभावित भएको क्रिकेटर अमर ओली बताउँछन् । नेपाल दृष्टिविहिन क्रिकेट संघका विक्रमबहादुर रानाले एक महिना अघिदेखि मैदानको व्यवस्था गर्न गरे पनि नेपाल क्रिकेट संघसँगले वेवास्ता गरेको हिमालखबरलाई जानकारी दिए ।

२९  मंसिरसम्म चल्ने प्रतियोगितामा नेपालबाट दुई महिलासहित १६ खेलाडी सहभागी हुँदैछन् । १७ मंसिरमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा नौ देशले खेल्नेछन् ।

दृष्टिविहिनहरूको क्रिकेट टिममा पूर्ण दृष्टिविहिन (वि–वान) चार जना, पाँच मिटर वरिपरि देख्ने (वि–टु) तीन जना, २० मीटर वरिपरि देख्ने (वी–थ्री) चार जना र तीन जना अतिरिक्त गरी जम्मा १४ खेलाडी हुन्छन् । ब्याट उस्तै भए पनि दृष्टिविहिनहरुले खेल्ने बलभित्र बज्ने वस्तु राखिएको हुन्छ । उनीहरु आवाज सुनेर ब्याटिङ गर्छन् । पूर्ण दृष्टि विहिन अर्थात वि वान खेलाडीले ब्याटिङ गर्दा डबल अङ्क गणना गरिन्छ । 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>