समाचारमंगलबार, मंसिर ८, २०७२

जनमत संग्रहले मुलुकलाई अप्ठ्यारोमा पार्छः यादव

हिमालखबर

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनमत संग्रहले मुलुकलाई झनै अप्ठ्यारोमा पार्ने बताएका छन् ।

उनले भने, “जनमत संग्रहले समस्याको हल गर्दैन । अहिलेको समस्या पूर्व र पश्चिमका पाँच जिल्ला होइन, चार जना नेताको हो ।”

अध्यक्ष यादवले पूर्वका दुई र पश्चिमका दुई नेता समस्या रहेको बताए । उनले जनमत संग्रहले उल्टो समस्या थपिने बताए ।

कांग्रेसले संसद्मा पेश गरेको विधयेकले मधेशको माग पूरा नहुने उनले बताए । यादवले भने, “माग पूरा नभएसम्म शान्तिपूर्ण, अहिंसात्मक र असहयोगात्मक आन्दोलन जारी रहन्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>