समाचारमंगलबार, मंसिर ८, २०७२

अान्दाेलनमा सेना परिचालन हुँदैनः सञ्चारमन्त्री राई

हिमालखबर

सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले सरकारले तराईमा जारी आन्दोलनमा सेना परिचालन नगर्ने बताएका छन् ।

भक्तपुरमा आयोजित एक कार्यक्रममा मन्त्री राईले देशमा विषम परिस्थिति सृजना नभएसम्म सेना परिचालन नहुने बताए । उनले भने, “सेना परिचालन र प्रशासनिक दवाब दिएर तराईको आन्दोलन नियन्त्रण हुँदैन ।”

सरकारका प्रवक्ता राईले देश सङ्कटकालतर्फ गइसकेको भन्ने निष्कर्ष सरकारले ननिकालेको तर अर्थतन्त्रमा उत्पन्न समस्याको बारेमा श्वेतपत्र जारी गर्ने तयारी भने भइरहेको बताए ।

नाकाबन्दी र तराईमा भइरहेको हिंसात्मक गतिविधिले इन्धन र औषधिको अभाव हुन थालेको बताउँदै मन्त्री राईले नेपालमा मानवीय सङ्कट देखिन थालेकाले जनतालाई सास्ती दिने कार्यको अन्त्य गर्दै राजनीतिक समाधान खोज्न आन्दोलनरत पक्षलाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>