थप समाचारमंगलबार, मंसिर ८, २०७२

वीरगञ्जः ट्रक जलाइयो

हिमालखबर

मधेशी मोर्चाका कार्यकर्ताले वीरगञ्जमा ७ मंसीर राति चालक र सहचालक भित्रै रहेको ट्रकमा चालकको सिटतर्फ पेट्रोल छर्केर आगो सल्काए ।

मोर्चाका कार्यकर्ताले आगो लगाएर क्षति पुर्‍याएको ट्रक ट्याक्टरले तान्दै । तस्वीर: सुरेश विडारी

मोर्चाका कार्यकर्ताले आगो लगाएर क्षति पुर्‍याएको ट्रक ट्याक्टरले तान्दै । तस्वीर: सुरेश विडारी

दाना कारखानामा कच्चा पदार्थ पुर्‍याएर फर्कंदै गरेको ट्रकलाई दुईवटा मोटरसाइकलमा रहेको चार जनाको समूहले राति ११ बजे वीरगञ्ज–२६ पर्साैनीविर्तास्थित भुवनेश्वरनाथ शिव मन्दिर नजिकै रोकेर आगो लगाएको हो ।

पर्साका सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापाका अनुसार गण्डक तर्फ जाँदै गरेको ना ४ ख ८७४४ नं.को उक्त ट्रकको चालक बस्नेतर्फ नै पेट्रोल छर्केर उनीहरुले आगो सल्काएका थिए ।

चालक र सहचालक अर्कोतर्फको ढोकाबाट भागे । आगो लागेर ट्रकको क्याबिन र इन्जिन काम नलाग्ने भएको छ ।

घटना लगत्तै सीमा सुरक्षा कार्यालय पर्सा चिनीमिलबाट गएको सशस्त्र प्रहरीले वीरगञ्जबाट दमकल बोलाई आगो निभाएको थियो । आगजनी भएको ट्रक प्रहरीले ट्रकधनीको जिम्मा लगाईसकेको छ ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...