समाचारमंगलबार, मंसिर ८, २०७२
नेपालगञ्ज–रुपैडिहा नाकामा मोर्चाको धर्ना
पछिल्लो तीनदिन यता मधेशी मोर्चाको धर्नाका कारण नेपालगञ्ज–रुपैडिहा सीमानाका असहज बनेको छ ।

तस्वीर: कृष्ण ओली
मोर्चाले नाकामा धर्ना दिएका कारण मालबाहक गाडीहरु नेपाल प्रवेश गर्न पाएका छैनन् । करिब ३० जनाको समूहमा धर्ना दिइरहेका उनीहरुले केही दिनदेखि मध्याह्न १२ बजेदेखि साँझ करिब ५ बजेसम्म धर्ना दिने गरिरहेका छन् ।
८ मंसीरमा पनि मधेशी मोर्चाका कार्यकर्ताले नाकामा धर्ना दिएका छन् ।
बिहान १० वटा मालबाहक ट्रक र एउटा ट्यांकर डिजेल नेपाल प्रवेश गरेका थिए ।
त्यसपछि मोर्चाका कार्यकर्ताको धर्नाले गर्दा अन्य गाडीहरु नेपाल भित्रन पाएनन् ।
मोर्चाको अवरोध साँझ ५ बजे हटेपछि मात्रै अन्य गाडीहरु नेपाल भित्रने जमुनहा प्रहरीले जनाएको छ ।
सीमापारी २५ बढी इन्धन बोकेका ट्यांकर सहित ८० बढी गाडीहरु रोकिएको प्रहरीको भनाई छ ।
यसअघि ७ मंसीरमा दिउँसो मधेशी मोर्चाले अवरोध गरे पनि विहान र साँझ गरी १ बुलेट ग्यास र ६७ अन्य मालबाहक सवारीसाधन भित्रिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
