समाचारमंगलबार, मंसिर ८, २०७२

सप्तरीमा कर्फ्यू हट्यो

हिमालखबर

सप्तरी जिल्लाका विभिन्न स्थानमा गत तीन दिनदेखि स्थानीय प्रशासनले लगाउँदै आएको कर्फ्यू हटाइएको छ ।

saptari

तस्वीर: श्रवणकुमार देव

जिल्लामा आन्दोलनरत मधेशी मोर्चा र प्रहरी दुवै पक्ष संयमित हुने, एकआपसमा मुठभेड नगर्ने भन्ने समझदारी निर्माण भएपछि ८ मंसीर, दिउँसो तीनबजेबाट कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले बताए ।

उनले भने, “स्थानीय नागरिक समाज र मानवअधिकारवादीको पहलमा मोर्चाले आन्दोलन शान्तिपूर्ण बनाउने भनेपछि कर्फ्यू हटाइएको छ, आज दिनभर अप्रिय घटना भएको छैन ।”

५ मंसीर राति मधेशी मोर्चाले राजमार्गमा धर्ना र प्रदर्शन थालेपछि अवरोध हटाउन पुगेको प्रहरीसँग भिडन्त हुँदा भारदह र रुपनीमा एक एक जना आन्दोलनकारीको मृत्यु भएको थियो ।

त्यसपछि उग्र प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले भारदह, रुपनी र राजविराजमा ६ मंसीरदेखि कर्फ्यू लगाउँदै आएको थियो ।

 कर्फ्यूका बीच पनि मोर्चाले प्रदर्शन रोकेको थिएन । यसक्रममा सप्तरीमा प्रहरीको गोलीबाट तीन जनाको ज्यान गइसकेको छ ।

आज भने सप्तरी तुलनात्मक रुपमा शान्त छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>