थप समाचारमंगलबार, मंसिर ८, २०७२

सिलिन्डर पड्किदा ११ जना घाइते

हिमालखबर

208ebcaf-2d21-417d-976b-94f9d84d96feरौतहटको गरुडामा खाना पकाउने ग्याँसको सिलिन्डर पड्केर ११ जना घाइते भएका छन् ।

राजमार्गबाट गरुडा हाटतिर जाने गल्लीमा सिलिन्डर पड्कदा एक जना भारतीय नागरिकसहित ११ जना घाइते भएका हुन् । उनीहरुको गरुडामा उपचार भइरहेको छ ।

घाइते मध्ये गरुडा–२, का ५० वर्षीय सिहन्ती देवीको अवस्था गम्भीर रहेको जनाइएको छ । वरियारपुर–३, का ४० वर्षीय पुन्यदेवप्रसाद साह, बसबिटी जिंगडियाका रामचन्द्र पाल र गगनदेव साह, गरुडा–८, पोठियाहीका ३९ वर्षीय शैलेन्द्र साह, गम्हरिया विर्ता–१, आँकडपाथरका ४५ वर्षीया सियासुन्दर राउत घाइते भएका छन् ।

यस्तै, महम्मदपुर–५, का ६५ वर्षीय सूर्यनारायण साह, प्रतापपुर पल्टुवाका ४५ वर्षीय समाहुर देवान, गरुडा–५, लक्ष्मीपुरका ६५ वर्षीय परीक्षण राय यादव, पोठियाही–१, का ५० वर्षीय साहिद मिया र भारत बिहार घोडासहनमा गुडु कुमार रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलालप्रसाद जैस्बारले बताए ।

–सञ्जय साह मित्र, रौतहट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...