समाचारमंगलबार, मंसिर ८, २०७२
एनआरएनएले ल्याएको औषधिको पहिलो खेप सरकारलाई हस्तान्तरण
भारतको नाकाबन्दीका कारण मुलुकमा औषधि अभाव भएपछि एनआरएनएले पहिलो चरणमा सरकारलाई रु ३८ लाखको औषधि हस्तान्तरण गरेको छ ।

तस्वीर: गोपेन राई
पहिलो चरणमा एक महिना पुग्ने गरी रु. तीन करोडको औषधि उपलब्ध गराउने तयारी भए पनि विभिन्न कारणले गर्दा हाललाई ३८ लाखको मात्रै औषधि ल्याउन सकिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेले बताए ।
भारत र बांगलादेशबाट हवाईमार्ग हुँदै ल्याइएको औषधि घलेले स्वास्थ्य सेवा विभाग टेकुमा एक कार्यक्रमका बीच स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई हस्तान्तरण गरेका हुन् ।
घलेका अनुसार सरकारको नीति र इन्धनको अभावका कारण विमान कम्पनील कार्गो लिन अस्वीकार गर्दा चाहेर पनि औषधि आपूर्ति गर्न नसकिएको हो ।
उनले भारत र बांगलादेशमा खरिद गरिएको औषधि आउने प्रक्रियामै रहेको जानकारी दिए ।
घलेले जारी गरेको वक्तव्यमा भनएिको छ, “देशलाई परेको यो विपत्तिमा हामीले उदारमनका साथ सहयोग गर्न खोजिरहेका छौं । तर विविध परिस्थितिले गर्दा औषधि नेपाल ल्याइपुर्याउन त्यति सहज बनिरहेको छैन । त्यसैले हामीले यो संकट समाधान नहुँदासम्म जे जति औषधि आइपुग्छ त्यो नेपाल सरकारलाई हस्तान्तरण गर्दै जानेछौं ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
