अर्थ/बजारबुधबार, मंसिर ९, २०७२
आर्थिक वृद्धि २ प्रतिशतमा झर्ने
भारतको अघोषित नाकाबन्दीका कारण चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ प्रतिशतको हाराहारीमा रहने अनुमान सरकारले गरेको छ ।
मन्त्रिपरिषदले ८ मंसीरमा पारित गरेको तथा अर्थ मन्त्रालयले जारी गरेको स्वेतपत्रमा यस्तो अनुमान गरिएको हो । ‘बन्द हड्ताल तथा आपूर्ति प्रणालीको अवरोध लम्बिदै गएमा आर्थिक वृद्धि दर थप संकुचित हुने संभावना छ’, अर्थमन्त्री विष्णप्रसाद पौडेलले भने ।
पौडेलले देशको वर्तमान संकट समाधान गर्न राजनीतिक तथा कुटनीतिक पहल भइरहेको बताए । उनले उर्जा र खाद्य सुरुक्षा कायम गर्न आवश्यक कदम चालिने घोषणा पनि गरे ।
उनले विकास निर्माणका कार्यलाई प्राथमिकताका साथ गति दिने बताए । ‘चालु आर्थिक वर्षभित्र १ सय ५५ मेगावाट जलविद्यूत उत्पादन हुन्छ’, उनले भने, ‘आवश्यक परे प्रसारण लाइन निर्माणका निमित्त सेना प्रयोग हुनेछ ।’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
