समाचारबुधबार, मंसिर ९, २०७२

भारदह, रुपनी र राजविराजमा निषेधित क्षेत्र घोषणा

हिमालखबर

सप्तरी प्रशासनले बिहान ९ बजेदेखि जिल्लाका तीन ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

भारदह, रुपनी र सदरमुकाम राजविराजमा बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

५ मंसीर राति राजमार्ग खुलाउने क्रममा प्रहरी र आन्दोलकारीबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा भारदहमा डढा गाविस–९ का १८ वर्षीय वीरेन्द्र राम र रुपनीमा जोमनी मधेपुरा गाविस–४ का २२ वर्षीय नागेश्वर यादव तथा राजविराज नगरपालिकामा ४५ वर्षीय दिलीप साहको मृत्यु भएको थियो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>