थप समाचारबुधबार, मंसिर ९, २०७२

भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा चार नेपाली घाइते

हिमालखबर

नेपाल–भारत सीमास्थित सुनसरीको हरिपुर–७ मा भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा चार नेपाली घाइते भएका छन् ।

गोली लागेर अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएका छन् । बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उनीहरुको उपचार भइरहेको छ ।

भारतीय विहारबाट सामान लिएर फर्किरहेका उनीहरुलाई आज बिहान ६ बजे गोली चलाएका थिए । भारतीय सीमा सुरक्षा बल र स्थानीयवासी बीच भनाभन हुँदा गोली चलाइएको जनाइएको छ । अहिले उक्त क्षेत्र तनावग्रस्त छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...