समाचारबुधबार, मंसिर ९, २०७२

सुनसरी घटनाबारे दूतावासमार्फत भारत सरकारको ध्यानाकर्षण गराइने

हिमालखबर

भारतीय सीमा सुरक्षा बलको गोली लागेर चार जना नेपाली घाइते भएकोबारे सरकारले दूतावासमार्फत भारत सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

व्यवस्थापिका–संसद् बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासमा चासो व्यक्त गर्ने बताए । उनले भारतबाट मल लिएर आउँदै गरेका नेपालीमाथि सीमा सुरक्षा बलले गोली चलाएका बताए ।

घाइतेहरु हरिपुर–७ का अशोक यादव, नरेश यादव, मनोज यादव र सुरज यादवको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको गृहमन्त्री बस्नेतले बताए ।

“नेपाल भित्रने भारतीय नाकामा भएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभावमा अत्यावश्यक वस्तुको सहज आपूर्तिमा देखिएको समस्यालाई हटाएर जनजीवनलाई सामान्य बनाउन सरकार क्रियाशील र संवेदनशील रहेको छ”, उनले भने ।

मौज्दात पेट्रालियम पदार्थलाई आवश्यकता र प्राथमिकता निर्धारण गरेर न्यायोचित रुपमा बिक्री वितरण गर्ने तथा कालोबजारी रोक्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिहको उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>