Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
चितवनमा पेट्रोल लुकाउने पम्पमा सिल - Himalkhabar.com

थप समाचारबुधबार, मंसिर ९, २०७२

चितवनमा पेट्रोल लुकाउने पम्पमा सिल

हिमालखबर

भरतपुरको हाकिमचोकमा रहेको अष्टभुजा आयल डिष्ट्रिब्यूटर्सले कालोबजारी गर्ने नियतले सर्वसाधारणलाई बाड्नुपर्ने पेट्रोल लुकाएको भन्दै वाणिज्य विभागले सिल गरेको छ ।

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण बेल्बासेको नेतृत्वको टोलीले पेट्रोल पम्पमा सिल गरेर पम्प भाडामा सञ्चालन गर्ने खिलकान्त बर्तौलालाई थप अनुसन्धानका लागि भन्दै प्रहरीको जिम्मा लगाएको छ ।

निर्देशक बेल्बासेले पेट्रोल पम्पमा नौ हजार लिटर पेट्रोल आएकोमा सुरक्षा र अत्यावश्यक क्षेत्रलाई भन्दै तीन हजार लिटर मौज्दात राखिएको बताए । उनले बाँकी ६ हजार लिटर सर्वसाधारणलाई बाड्नुपर्नेमा ९०९ लिटर पेट्रोल बाँकी रहँदैमा सर्वसाधारणलाई सकिएको भन्दै फिर्ता पठाएपछि वाणिज्य विभागमा उजुरी परेको जानकारी दिए ।

सोही उजुरीपछि जिल्ला प्रशासन कार्यालय चितवनमा रहेका वाणिज्य अधिकृत नेत्र शर्माको टोलीले हिजै पम्पको निरीक्षण गरी शङ्कास्पद देखिएपछि विभागबाट टोली आएको हो ।

विभागका निर्देशक बेल्बासेले व्यवसायीले तेल लुकाएर कुनै ढङ्गले वितरण गर्न र अनुचित लाभ लिएर कालोबजारी गर्ने उद्देश्य देखिएको बताए । उनले पम्पको उपकरण हरेक वर्ष साउन मसान्तसम्म क्यालिब्रेसन (परीक्षण) गराउनु पर्नेमा नगराएको, मास्टर मिटर परीक्षण नगराएको, ट्याङ्कीको मिटर परीक्षणसमेत नभएको, हरेक दिन मिटर रिडिङ अद्यावधिक गरेर मौज्दात राख्नु पर्नेमा त्यसो नगरिएको जानकारी दिए ।

पम्प सञ्चालकलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अन्तर्गत कारबाही हुने बेल्बासेको भनाई छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>