समाचारबुधबार, मंसिर ९, २०७२
सबै चिज फेर्न सकिन्छ, छिमेकी फेर्न सकिन्नः नेता पोखरेल
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले स्वाभिमान रक्षाका लागि आत्मनिर्भर हुनुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल नवलपरासीले कावासोतीमा गरेको पत्रकार सम्मेलनमा उनले भने, “स्वाभिमानसँग बाँच्ने हो भने आत्मनिर्भर हुन जरुरी छ ।”
दीर्घकालीन हिसाबले बाँच्ने योजना नबनाउँदा अहिलेको समस्या सिर्जना भएको उनले बताए । “आत्मनिर्भरताको जग कमजोर हुँदा स्वाभिमान सङ्कटमा परेको छ, विस्तारवादको नाराले मात्र स्वाभिमान बच्दैन, अहिले त्यही अवस्था छौँ”, पोखरेलले भने ।
भारतको छिमेकीप्रतिको व्यवहार मित्रतापूर्ण छैन, त्यसका लागि कूटनीतिक र राजनीतिक पहल भइरहेको छ”, उनले भने, “सबै चिज फेर्न सकिन्छ, छिमेकी फेर्न सकिन्न ।” रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
