थप समाचारबुधबार, मंसिर ९, २०७२
डाँका नाइके पक्राउ
बाराको सिमरा लगायतका स्थानमा डकैती गरेको आरोपमा प्रहरीले सर्लाहीका नेत्रगञ्जका शक्ति पासवानलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
बन्दुक तथा विष्फोटक पदार्थ पड्काइ डकैती गरेको अरोपमा प्रहरीले सर्लाहीको नेत्रगंज–१, पुनर्वास टोलका शक्ति कपुर भनेर चिनिने २७ वर्षीय शक्ति पासवानलाई सर्लाही जुटपानीबाट पक्राउ गरी ९ मंसीर दिउँसो सार्वजनिक गरेको हो । उनी डाँका नाईके भएको प्रहरीले जनाएको छ ।
बाराको गढीमाई–१ सिमराका क्षेनाहरी मियाँ धोबी, सुनिल पाण्डे लगायतका घरमा डकैती गरेका उनलाई घटनाको ६ महिनापछि पक्राउ गर्न प्रहरी सफल भएको हो ।
पासवानले भारतको पूर्वी चम्पारण लगायतका एक दर्जनभन्दा बढी घरहरुमा डकैती गरेको समेत खुलेको प्रहरी निरिक्षक पुरुषोत्तम खड्काले बताए । पासवानले यसअघि पनि डकैती गरेको आरोपमा जेल सजाय भोगिसकेका छन् ।
श्याम गुप्ता
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
