समाचारबुधबार, मंसिर ९, २०७२
भारतीय दूतावासको दाबी, ‘एसएसबीको गोलीबाट कोही नेपाली घाइते भएका छैनन्’
काठमाडौंस्थित भारतीय दूतावासले सुनसरीको भण्टाबारीमा एसएसबीले नेपालीहरुमाथि गोली प्रहार गरेको भन्ने समाचार गलत भएको प्रतिक्रिया दिएको छ ।
दूतावासले विज्ञप्ति जारी गर्दै ९ मंसीर बिहान नेपालको सुनसरी पारी भारतीय क्षेत्रमै गस्तीमा निस्केको भारतीय सीमा सुरक्षा बल (एसएसबी) र तस्करहरुबीच जम्काभेट भएको र तस्करहरुले सुरक्षा बलमाथि आक्रमण गर्दा एसएसबीका एक जवान घाइते भएको बताएको छ ।
त्यसक्रममा एसएसबीले आत्मरक्षाका लागि हवाई फायर गर्दा ती तस्करहरु भागेको भन्दै विज्ञप्तिमा उक्त घटना भारतीय क्षेत्रमा भएको र कुनै पनि नेपाली घाइते नभएको दाबी गरिएको छ ।
विज्ञप्तिमा भारत सरकारले नेपालमा आपूर्तिका लागि सहयोग जारी राख्ने र त्यसो गर्दा एसएसबीले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कायम राख्ने पनि उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
