Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राष्ट्रसंघद्वारा भुटानी शरणार्थीलाई खाद्द सहायता कटौती - Himalkhabar.com

थप समाचारबुधबार, मंसिर ९, २०७२

राष्ट्रसंघद्वारा भुटानी शरणार्थीलाई खाद्द सहायता कटौती

हिमालखबर

shibirराष्ट्रसंघीय विश्वखाद्य कार्यक्रम डब्ल्यूएफपीले भुटानी शरणार्थीलाई दिँदै आएको अत्यावश्यक खाद्य सहायतामा एकचौथाई कटौती गर्ने भनेपछि शरणार्थी चिन्तित् बनेका छन् ।

डब्ल्यूएफपीको दमक कार्यालयले ९ मंसीरमा शिविरहरुमा सूचना टाँसी उनीहरुले पाउँदै आएको दाल, चामल, नुन, खानेतेल जस्ता सामग्रीमा आउँदो जनवरीदेखि संकटाभिमुख बाहेकका ब्यक्तिलाई २५ प्रतिशत कटौती गरिने जनाएको छ ।

यहाँका शरणार्थी शिबिरहरुमा रोगी, बुढाबुढी, एकल महिला र अपांगता भएकाहरुलाई संकटाभिमुखको सूचिमा राख्ने गरिएको छ ।

नयाँ ब्यबस्था अनुसार शिबिरहरुमा रहेका १७ हजार भुटानी शरणार्थीमध्ये करिब १३ हजारले कटौती गरिएको सहायता बुझ्नु पर्नेछ ।

खान्की कटौती हुने खबर सुनेपछि बेलडाँगीका शिबिर सचिब सञ्चहाङ सुब्बाले भने “हामी बिस्तारै भोकले मर्ने स्थिती आँउदैछ ।”

अढाई दशकअघि शरणार्थीलाई खाद्य सहायता शुरुगर्दा उनीहरुलाई दैनिक २१ सय किलो क्यालोरी दायक खाद्य दिने निर्णय भएपछि दुई साताको लागि ५ केजी ६०० ग्राम चामल, साढे तीनसय ग्राम खानेतेल, १०५ ग्राम नुन, ५६० ग्राम दाल लगायतका खाद्य सामग्री दुईसाताको तालिकामा बितरण गरिन्थ्यो ।

यि सामग्री मध्ये नुन बन्द गरिने र अन्य सयकडा २५को दरले घटाइने सूचना आएको सुब्बाले जानकारी दिए ।

यसअघि नै चिनी, पौष्टिक पिठो, तरकारी जस्ता खाद्यसामग्री सहायता संस्थाहरुले पटकपटक गरेर कटौती गरेका थिए ।

झापामा रहेका राष्ट्रसंघीय सहायता अधिकारीहरु भने विश्वका बिभिन्न मुलुकमा बढदो मानवीय संकटले ती ठाँउमा सहायता केन्द्रित गर्नु परेकाले भुटानी शरणार्थी सहायता बजेट कटौती गर्नुपरेको बताँउछन् ।

सन् १९९०पछिका वर्षमा भुटानमा सरकारी दमनबाट खेदिएर नेपालमा शरण लिन आएका एकलाख भुटानी पुनर्वासमा तेस्रो देश गइसकेका छन् । यहाँका शिबिरहरुमा अव १७ हजार शरणार्थी रहेका छन् ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>