थप समाचारबुधबार, मंसिर ९, २०७२
दशगजामा बसेर नाकाबन्दी गर्नु अपराधः नेम्बाङ
तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले दशगजामा धर्ना बसेर मुलकमा नाकाबन्दी गर्नु गम्भीर अपराध भएको बताएका छन् ।
प्रेस चौतारी झापाले ९ मंसीर अपराह्न झापाको दमकमा आयोजना गरेको पत्रकार सम्म्मेलनमा नेम्बाङले भने, “अरु मुलुकमा भए दशगजामा धर्ना बस्नेलाई दुबै मुलुकले लखेट्थे ।”
नेम्बाङले नेपालको संविधान बढी समावेशी भएको र यसले सबैलाई समेटेको बताँउदै सबै पक्षलाई सहमतीमा आउन आग्रह गरे ।
उनले चीनसंँग पनि नाका चालु गरेर आपूर्ति सहज बनाउन ढिलो गर्न नहुने धारणा राखे ।
अर्काे प्रसंगमा नेम्बाङले एमालेले आफूलाई के जिम्मेवारी दिन्छ भनेर पर्खिरहेको बताए ।
उनले आफूले कानून ब्यवसायीको सांगठनिक जिम्मेवारी पाए पनि लिन तयार भएको बताएका थिए ।
गोपाल गडतौला, झापा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>