समाचारबुधबार, मंसिर ९, २०७२

एसएसबीले गोली हानेको बारे भारतसँग सोध्न परराष्ट्रलाई गृहको पत्र

हिमालखबर

सुनसरीको हरिपुरमा भारतीय सुरक्षा निकाय एसएसबीले नेपालीलाई गोली हानेको घटनाबारे भारतसँग जानकारी लिन गृहमन्त्रालयले पराराष्ट्र मन्त्रालयलाई पत्र पठाएकोे छ ।

गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार सुनसरी घटनाबारे भारतसँग आपत्ति जाहेर गरी र जानकारी लिन गृहले पराराष्ट्रलाई पत्र पठाएको छ ।

सुनसरीको हरिपुर–७ मा ९ मंसीर बिहान भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली भूमीमै गोली प्रहार गरी स्थानीय अशोक यादव, मनोज यादव, सरोज यादव र नरेश यादवलाई घाइते बनाएको छ ।

भारतीय दूतावासले भने भारतीय भूमिमै तस्करहरुले एसएसबीमाथि आक्रमण गर्दा आत्मरक्षाले हवाई फायर गरिएको भन्दै कोही पनि नेपाली घाइते नभएको दाबी गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>